Samriddhipost
२०८२ भदौ ०८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०८ गते आइतबार

बेदकोटमा बिकास काे बाधक जनप्रतिनिधि कि कर्मचारी ?

बेदकोट नगरपालिका भर्खरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजा प्रतिवेदनमा ८३.२५ अंकसहित जिल्लामै उत्कृष्ट स्थानीय तह बनेको छ । विगतभन्दा यसपटक शैक्षिक अवस्थासमेत सुधार भएको छ । छाउपडीका गोठहरू समेत केही स्थानीयहरूले वडाहरूसँग सहकार्य गरेर हटाएका छन् । नगर प्रमुख भोजराज बोहराले कमजोर आर्थिक अवस्था रहेका आफै छाउगोठ हटाउने वडा १० चथरी बस्तीमा सुत्नका लागि खाट समेत उपलब्ध गराउने बताएका छन्।
यसरी सुधार हुँदै गइरहेको बेदकोट नगरमा जनप्रतिनिधि जुधाउने लडाउने गरी कर्मचारी रोलप्ले शीर्षकमा बेदकोट वडा ८ का अध्यक्षले सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन्। 
स्टाटसमा लेखिएको छ किन वेदकाेट मा जनप्रतिनिधि जुधाउने ,लडाउने गरि कर्मचारी राेलपिले  गर्छ ?
 कर्मचारी र जनप्रतिनिधि काे बिषयमा  समीक्षा गर्ने बेला आएकै हाे ।हाे चुनाव पछि हामीले जनता सगं गरेका वादा हरु कति पूरा भए कति भएनन्  याे समीक्षा गराै। हामी निर्वाचित नगरपालिका मा  मुख्य तहः दुइ सैद्धान्तिक बिचार समूह निर्वाचित छन भने  एउटा सैद्धान्तिक बिचार समूह का तिन ओटा सकुलिङ बिचार समूह निर्वाचित भएका छन।
   विगत जनप्रतिनिधि हरु ले समाधान गर्नुपर्ने  साझा बिषयवस्तु जस्तै गाई व्यवस्थापन , सडक सत्तर उन्नति ( जनप्रतिनिधि एकमत), लगायत अन्य विषय बस्तुमा   एकमत छाै ।हामी भले अलग अलग बिचार वाट निर्वाचित भए पनि  साझा बिषयबस्तु  र समग्र वेदकाेट काे सर्वाङिण विकास  मा एकमना एकता का साथ स्राेत साधन ले भ्याए सम्म सहकार्य का साथ अगाडि बढेकाे जगजाहेर नै छ। 
      तर हामीले सहकार्य , पहल  र अनुराेध साथ ल्याइएको  विकास का कार्यक्रम हरुलाई कार्यपालिका समेत  निर्णय हुदा कहिले कुनै कहिले कुनै बाहना बाजि गरि याेजना कार्यक्रम हरु  अधुरो नै गर्ने प्रपन्च गरिरहेकाे म निर्वाचित हुदा देखी अहिले पछिल्लो चरण  अति गरेकाे  देख्दा जनप्रतिनिधि लडाएर कतै कर्मचारी  आफ्नो अभिष्ट पूरा गर्ने मा त छैनन्  गम्भीर भएर साेच्नु पर्ने भएकाे छ। 
     म निर्वाचित भएर जनता सगं गरेका हरेक वादाहरु ईमान्दारी पुर्वक   गरिरहेकाे छु र गरिरहने छु । म जनप्रतिनिधि   भए पछिकाे भाेगाई  अनुभव सबै कुरा जनता सामु  राख्ने तयारी मा छु र यसै बर्ष  चुनावी घाेषणा पत्र लगायत प्रतिवद्दता हरु कति पूरा गर्न सके जनता का बिचमा समीक्षा गर्ने गरि तयारी मा छु। 
 तर हामी जनप्रतिनिधि ले  समीक्षा गर्दै गर्दा  कर्मचारी काे पनि बिगत र अहिले काे काम काे किन मुल्यांकन नगर्ने हिजाे जुन जुन गल्ती गर्याे कतै बेदकाेट मा पनि त्यही अभिष्ट का साथ लाेगेकाे त छैन किन विगत  किन नखाेत्ल्ने? कतै हाम्राे  पालिका काे सर्वागिंण बिकास काे बाधक काे हाे जनप्रतिनिधि वा कर्मचारी समीक्षा काे बिषय हाेइन त?
  हाे हामी निर्वाचित हुदा हामी सबैका आ आफ्ना दायित्व हरु र जिम्मेवारी  हरु परीभाषित नै छन ।मैले नैतिकाता का साथ आफ्नाे राजैतिक व्यक्ति काे भुमिका निर्वाह गर्दै वार्ड र समग्र नगरमा कार्य अनवरत रुपमा गरेकाे छु। 
 त्यसैले हामी राजनीति गर्ने व्यक्ति हरुलाई कार्यपालिका काे निर्णय समेत लत्याएर भेदभावपूर्ण ढङ्गले गतिविधि भईरहेकाे देख्ता कि अरानितिक ब्यक्ति बनाउन उद्दत देखिन्छाै ।जनप्रतिनिधि जुधाएर कर्मचारी काे अभिस्ट पूरा हुदैन आबस्यक परे निर्मम ढङ्गले बजारमा ल्याई कारवाहि किन नगर्ने?
यो पढेर हेर्दा फरक विचार फरक पार्टीका उम्मेदवारहरू निर्वाचित भएर नगर चलाउने जिम्मेवारीमा पुगेपछि नगर विकासका लागि एक भई लागि परेको यसका लागिकार्यपालिकाले निर्णयसमेत गरिसकेका विषय कुनै बहानाबाजी गरी योजना कार्यक्रमहरू अधुरो नै गर्ने प्रपञ्च गरिरहेको देख्दा जनप्रतिनिधि लडाएर कर्मचारी आफ्नो अविष्ट पूरा गर्नमा त छैनन् गम्भीर भएर सोच्नुपर्ने अवस्था  आएको उल्लेख गरेबाट बेदकोटमा कर्मचारी र जनप्रतिनिधि बीच समस्या छ भन्ने देखिएको छ । यसरी आरोप लागेपछि उचित छानबिन हुनु आवश्यक छ। कि कुन कर्मचारीले विकासमा अवरोध गरिरहेका छन् वा जनप्रतिनिधिले त्यसै आरोप लगाएका हुन् । यसको वास्तविकता खुल्नु आवश्यक छ। जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले जवाफ दिनु आवश्यक छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>