Samriddhipost
२०८२ भदौ १० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १० गते मङ्गलबार

शिक्षा, स्वास्थ्य, यातायात, आमसञ्चार क्षेत्रमा सरकारका कदमको विरोध र आलोचना

पछिल्लोपटक सरकारले गरेका कामहरूको सर्वत्र विरोध मात्र भइरहेको देखिन्छ ।
सरकारले केही दिन पहिला मात्रै छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन संशोधन गरेर साउन २० गतेबाट अनलाइन लगायत पत्रपत्रिका सूचना विभागबाट दर्ता नवीकरण लगायतका कामहरू अर्को निर्णय नहुन्जेलसम्मका लागि भनेर रोकेको अवस्था छ। यसको विरोधमा प्रेस सेन्टर नेपाल सुरुबाटै विरोधमा रहे पनि सोमबार नेपाल पत्रकार महासंघले समेत एक विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
यसैगरी संघीय शिक्षा ऐन लामो समयपछि जारी भयो। यो ऐन जारी भएसँगै शिक्षक महासङ्घ र निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा वा विरोधमा रहेका छन्।
यसैगरी सवारी साधनहरूमा सरकारले इम्बोस्ड नम्बर प्लेट असोज १ गतेबाट अनिवार्य रूपमा लागू गर्ने भनेको छ। वर्षबाट नवीकरण गर्न दिइएका सवारी चालक अनुमति पत्र छापेर दिन सकेको अवस्था छैन तर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ। ईम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा लगाउनुपर्ने बाध्यता सिर्जना गरेको यो तयार हुनसक्ने मूल्यभन्दा अत्यधिक महँगो भएको भन्दै धेरैजसो सवारी साधन प्रयोग गर्ने मानिसहरूले यसको विरोध सामाजिक सञ्जाल लगायतका ठाउँहरूमा गरिरहेको देख्न सकिन्छ। यसका लागि केही विरोध गर्ने ग्रुपहरु समेत तयार भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुदूरपश्चिम प्रदेशको धनगढी पुगेर ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रम सुरु गरे। नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरणमा गरेर बनाइएको औषधि भन्दै मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए। मन्त्री पौडेलले खुवाउन सुरु गरेको आयुर्वेदिक औषधि स्वर्ण विन्दु कुनै वैज्ञानिक अध्ययन, आधिकारिक निकायमा दर्ता तथा स्वीकृति अनि अपेक्षित प्रभावको प्रामाणिकताबिना नै सुरु गरेको पाइएको छ। कुनै पनि औषधि बनाउँदा औषधि सहित त्यसमा प्रयोग हुने पदार्थहरू समेत दर्ता गर्नुपर्छ। तर, मन्त्री पौडेलले कुनै निकायमा दर्ता र आधिकारिक रूपमा प्रमाणित नगरी कार्यक्रम सुरु गरेका हुन् भन्दै प्रदेश सभा सदस्य लगायतले विरोध गरिरहेका छन्।
सरकारले गरेका कामहरू आमसञ्चार क्षेत्र शैक्षिक क्षेत्र स्वास्थ्य क्षेत्र र यातायात क्षेत्र विरोधमा छ। यसरी हेर्दा सरकारले गरेका  कामहरू विरोध किन भइराखेको छैन सरकारले ठिक ढंगले काम गर्न नसकेको हो कि आम नागरिकलाई सरकारले गरेका कामप्रति विश्वास छैन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>