कञ्चनपुरको सिमावर्ती भारतिय क्षेत्रमा कुखरामा लाग्ने महामारी रोग बर्ड फ्लु फैलिएको पुष्टि भएपछी कञ्चनपुर जिल्लामा समेत व्यापक सतर्कता अपनाइएको छ ।
मङ्गलबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको सक्रियता र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बर्ड फ्लु रोग नियन्त्रण समितिको जिल्ला स्तरिय बैठक बसि विभिन्न निर्णयहरु गरिएका छन् ।
जसमा भारतबाट पन्छीजन्य सामग्रीको आयातमा पुर्णतया प्रतिबन्ध लगाउने । सिमावर्ति क्षेत्रका स्थानिय तहहरु पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भिमदत्त नगरपालिकाका वडा नं ९ र १० का स्थानिय जनप्रतिनिधि आपुर्तिकर्ता व्यापारी किसान र अन्य सरोकारवाला संग रोग सम्बन्धी सचेतना सजगताका अन्तर्क्रिया गर्ने र बर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि सबै सुरक्षा निकाय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुले जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गरी त्यस्तो आयातलाई कडीकडाइका साथ नियमन गरी कानून बमोजिम गर्ने निर्णय गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पशु विकास निर्देशक श्यामसिंह खड्काले बताउनुभयो ।
बडफ्लु सङ्क्रमित भएको ठाउँमा रहेका पंक्षीहरू, पंक्षीका दानाहरू, भाँडाकुँडा लगायतका सम्पर्कमा आएका मानिस तथा साधनबाट बर्डफ्लु सर्न सक्ने सम्भावना अत्यधिक हुन्छ। नेपाल र भारतका सीमावर्ती क्षेत्रहरूमा मानिसहरूको ओहोरदोहोर पंक्षीजन्य सर सामग्रीको समेत चोरीछिपी आयात निर्यात हुन सक्ने भएको हुनाले थप सतर्क हुनुपरेको हो।
बडफ्लु रोग लागिहालेमा पंक्षीहरूमा ठूलो क्षति हुने अवस्था रहन्छ। यसबाट मानिसहरूलाई समेत हानि हुन सक्ने जोखिम रहने भएकाले एकदमै सतर्क हुनुपर्ने विज्ञहरूको भनाई रहेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया