कञ्चनपुर जिल्ला बाट भारत लौजाने दुध नेपाली प्रहरीले रोक्न खोजेको आरोप लागेको छ। भारत तर्फ दुध लौजाने व्यावसायी वाट घुस रकम मागे पछी दुध रोकिएको स्थानीयको आरोप छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ९ र १० नम्बर वडाका स्थानीयको घरमै आएर दुध लैजाने भारतीय नागरिकसंग ब्रह्मदेवस्थित ईलाका प्रहरी कार्यालयले पैसा माग गरेको आरोप लागेको हो ।
नाकामा प्रहरीले पैसा माग गरेपछि दुई दिनअघि भारतीय दुध ब्यवसायी गाउँमा नआउँदा दुध बिक्रि नभएको स्थानीयले बताए ।
भिमदत्त नगरपालिका– ९ ब्रह्मदेवका एक स्थानीयका अनुसार भारतीय दुध ब्यवसायीसंग ब्रहमदेव प्रहरीले पाँच हजारका दरले रकम माग गरेको बताए । सोहि कारण आफुहरु दुध संकलनका लागि नआएको उनीहरुले बताएको ती स्थानीयको भनाई छ ।
दुध संकलनका लागि दैनिक १०–१२ जना भारतीय दुध ब्यवसायी बर्षौदेखी यहाँ आउने गरेका छन । उनीहरुले दैनिक ५ सय लिटर भन्दा बढी दुध संकलन गरी सिमा पारीको टनकपुर लैजादै आएका छन ।
दुध संकलनका लागि आउने क्रममा उनीहरु माथी नाकामा चेकजाँच गरेकै कारण प्रहरीलाई बदनाम गर्न अनाहकमा रकम माग गरेको अरोप लगाइएको ईलाका प्रहरी कार्यालय ब्रह्मदेवका ईन्चार्ज सई दिपेन्द्र चन्दले बताए । नाकामा सुरक्षा चेकजाँच गर्नु आफ्नो दायीत्व भएको सई चन्दले भनाई छ ।
नाकामा दुध संकलकसंग प्रहरीले पैसा मागेको गुनासो आफुसंग पनि आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खड्क बहादुर खत्रीले बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया