बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाकोे दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देब बडूले बताउनुभयो।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका वडा नम्बर ११ ग्वालेकका ५० वर्षीया हरिना जोशी, दशरथचन्द नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय भुपेश जोशी, पुर्चौडी नगरपालिका वडा नम्बर ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चौँडी नगरपालिका वडा नम्बर ५ का १७ वर्षीय रिकेश पार्कि रहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चौडी नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय जनक भट्ट, पाटन नगरपालिका वडा नम्बर ९ का १८ वर्षीय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय जनक भट्ट र पाटन नगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय डम्मर दत्त भट्ट घाइते उहाँले बताउनुभयो।
जीपमा चालकसहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र अरुको अवस्था भने सामान्य रहेको बडूले बताउनुभयो।
जिप चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया