Samriddhipost
२०८२ भदौ १३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १२ गते बिहिबार

डडेलधुरा जीप दुर्घटनामा चारजनाको मृत्यु कम्तीमा चार घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान करिब ९ बजेतिर से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको बताए ।
उनकाअनुसार घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरी निरीक्षक विष्टले बताए ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कम्तीमा पनि चार जना घाइते अवस्थामा रहेको भनिए पनि अझै यकिन हुन नसकेको उनले बताए ।
दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>