कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका श्रीमान् पवन भट्टलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
सोही प्रकरणमा पक्राउ परेका सम्झनाका ससुरा हरिदत्त भट्ट र पुजा भट्टलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोडिएको छ ।
गत साउन १८ गते सम्झना आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । माइती पक्षले यसलाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, आत्महत्या दुरुत्साहनको किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान्, सासू, दिदी र ससुरालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया