Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १३ गते शुक्रबार

कर्मचारी युनियनको स्थापना दिवसमा ब्याटमिन्टन र रक्तदान हुँदै


नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरी मनाइने भएको छ ।
कंचनपुर जिल्लाका स्थानिय , प्रदेश तथा संघिय गरि ३ वटै तहका कर्मचारीहरुले भाग लिन पाउने गरि नेपाल निजामती युनियन कंचनपुरको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । कंचनपुरमा मात्र करिब ७०० जना कर्मचारी नेपाल निजामती कर्मचारी युनियनमा  आवद्ध रहेका छन । 
भाद्र १९ गते मनाइने स्थापना दिवसका अवसरमा देशभरिका नेपाल निजामती कर्मचारी युनियनहरुले रचनात्मक कार्यक्रमको आयोजना गर्नु भनी केन्द्रिय कार्यालयबाट पत्राचार गरिएको र त्यसैको आधारमा कंचनपुर जिल्लामा समेत ब्याडमिन्टन प्रतियोगिता तथा रक्तदान  कार्यक्रमको आयोजना गरिएको, नेपाल निजामती कर्मचारी युनियनका कंचनपुर जिल्ला अध्यक्ष गणेश सिंहले बताएका छन । 
स्थापना दिवसको अवसरमा कर्मचारी  युनियन कंचनपुरले लगातार तेस्रो सस्करणमा खेलकुद कार्यक्रमहरुको आयोजना गरिरहेको छ । भाद्र १६ देखि १८ गते सम्म संचालन हुने ब्याडमिन्टन प्रतियोगिता जिल्ला खेलकुद संघ कंचनपुर तथा कंचनपुर ब्याडमिन्टन संघको सहयोगमा महेन्द्रनगर स्थित कबर्ड हलमा संचालन हुनेछ भने भाद्र १८ गते बिहान रक्तदान कार्यक्रम नेपाल रेडक्रस कंचनपुर सङ्गको समन्वयमा सम्पन्न हुनेछ । 
प्रतियोगितामा सहभागी हुन भदौ १५ गते दिउँसो ३ बजेभित्र दर्ता गरिसक्नुपर्ने छ भने खेल भदौ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।  खेलको समय तालिका बिहान ७ बजे देखि ११ बजे सम्म र साँझ ५ बजे देखि ८ बजे सम्म संचालन हुने अध्यक्ष सिंहले बताए । 
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १२ हजार र तृतिीय हुनेलाई पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र दिइने प्रदान गरिने छ । नेपाल निजामती कर्मचारी युनियनले आउँदो भदौ १९ गते स्थापना दिवस मनाउँदै छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>