Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १४ गते शनिबार

अपी आरोहण रेकर्ड राख्न काठमाडौँबाट टोली प्रस्थान
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो चुचुरो दार्चुला स्थित अपी हिमालमा पहिलो पटक आरोहण हुँदैछ। ऐतिहासिक आरोहणका लागि १५ सदस्यीय टोली शुक्रबार राजधानी काठमाडौँबाट दार्चुला प्रस्थान गरेको हो।

नेपाल पर्वतारोहण संघले टोलीको बिदाइका अवसरमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शुभकामना व्यक्त गर्दै अपी आरोहण सुदूरपश्चिमको गौरवको विषय भएको बताए।

सरकारले हालै राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमाल आरोहणको बाटो खुलेको हो। यसै निर्णयले प्रेरित भई पहिलो आरोहण सुरु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले जानकारी दिए।

स्थानीय सहभागिता पनि रहेको यो अभियानलाई जोखिमपूर्ण भए पनि सुदूरपश्चिमको पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ अध्यायको रूपमा हेरिएको छ। अपि हिमाल गाउँपालिका तथा स्थानीयवासीले यसलाई प्रदेशकै गौरवमय क्षण भन्दै आरोही टोलीलाई भव्य स्वागतको तयारी गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>