Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ १५ गते शनिबार

प्रेस सेन्टरको १८ औं स्थापना दिवसको अवसरमा फलफूल तथा स्वास्थ्य सामग्री वितरण

अरुण भट्ट - प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरले कोभिडका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवसको अवसरमा महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको हो । प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राजेन्द्र अवस्थी, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समिति सदस्य दुर्गा भट्ट, शुक्लाफाँटा नगर मितिका सचिव दिपक राज भट्ट, कञ्चनपुर प्रेस सेन्टर कञ्चनपुरका जिल्ला अध्यक्ष अरुण भट्ट लगायतका प्रेस सेन्टरका पदाधिकारीहरुले महाकाली अञ्चल अस्पतालमा रहेका आइसोलेसनका बिरामीहरुलाइ स्वास्थ्य सामग्री सहित फलफूल बितरण गरेका हुन् ‌। देशभरि विभिन्न कार्यक्रमहरु गर्दै प्रेस सेन्टर नेपालले आफ्नो १८ औँ स्थापना दिवस मनाइरहेको छ । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती कञ्चनपुरको बैठकले कोरोनाका बिरामीहरुलाई स्वास्थ्यलाभको कामना गरेको प्रेस सेन्टरका जिल्ला अध्यक्ष अरुण भट्टले बताउनुभयो । स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु गर्ने कार्यक्रम रहेको भएपनि कोरोनाका कारण पत्रकारहरु सँग सम्बन्धित विभिन्न कार्यक्रमलाई कोरोना नियन्त्रणपछि सहज वातावरणमा सञ्चालन गरिने अध्यक्ष भट्टले बताउनुभयो । कञ्चनपुरमा मात्रै १ हजार बढी व्यक्तिहरु कोरोना संक्रमित रहेको र हालसम्म २ सय भन्दा बढीले ज्यान गुमाउनुपरेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>