Samriddhipost
२०८२ भदौ १९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ १७ गते मङ्गलबार

दोधारा चाँदनीमा बाढीको बितण्डा,दुई दिनसम्म विस्थापितहरू स्थापित हुन सकेनन्

लगातार वर्षा संग जगबुडा नदीमा आएको बाढीको कारण नगर क्षेत्रको बस्तीहरुमा ताण्डव मच्चाएपछि दोधारा चाँदनी नगरपालिकाको स्थानिय विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लगातार ४ दिन देखि वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारण दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि वडा नं. ३, ७, ८ र १० वडाहरुका बस्तीका घरहरुमा नदीको पानी पसेर बिस्तापित भएका १ सय ५७ घरपरिवारलाई दोधारा चाँदनी नगरपालिका कार्यालय बिस्तापितहरुलाई सुरक्षित स्थानमा ल्याएर खाना र बस्न व्यवस्थापन गरेको हो ।

जगबुडा नदीको पानी बस्तीमा पसेर घरहरु डुवान र अन्नवालीको क्षतीको अवस्थालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकामा रहेको स्थानिय विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । 
बैठकमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल, युनिसेफ, नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, वडाध्यक्ष, शुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, जल तथा मौसम बिज्ञान बिभाग कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख संजय शाह लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
बैठकमा बाढीको कारण भएका क्षतीको बिबरण संकलन, दिर्घकालिन समाधानको योजना तथा सहयोगको बारेमा निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका विपद् शाखाका शाखा प्रमुख अमृत विकले बताउनुभएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>