भिमदत्त नगरपालिका–१८ का २४ वर्षीय महेश सार्कीको भारतको बैंगलोर निधन भएको छ । पाँच महिनाअघि रोजगारीको सिलसिलामा भारतको बैंगलोर पुगेका सार्कीको मंगलबार मध्यराति अचानक दुःखद निधन भएको मृतकका बुवा शेरी सार्कीले बताएका छन । विगत २ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका सार्की परिवार मजुदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन । जिविकोपार्जन गर्न हम्य भएका कारण वैदेशिक रोजगारीका लागी भारत गएका छोरा वर्षदिन नवित्दै अचानक निधन भएको खबरले परिवार सोकमा डुवेको छ भने अर्को तिर आर्थिक अभावका कारण शव नेपाल ल्याउन कठिनाइ भएको मृतकका बुवाले बताए । उनको कलिलै उमरेमा असामयिक निधनले परिवार तथा गाउँ शोकमा डुवेका छन ।
परिवारका अनुसार शव नेपाल ल्याउन १ लाख ८० हजार भारतीय रुपैयाँ आवश्यक पर्ने भएकाले तत्काल उक्त रकम जुटाउन नसक्दा शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाए ।
आर्थिक अभावका कारण समस्यामा परेका मृतकका परिवारले सहयोगका लागि सबैसँग गुहार मागेका छन् । सहयोगका लागी स्थानीय सरकार, विभिन्न संघसंस्थाहरु तथा सहयोगी व्यक्तिहरुलाई परिवारले अपिल समेत गरेका छ्न । सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले मृतककी आमा सीता सार्कीको कुमारी बैंकमा रहेको खाता नम्बर ०४९००२७०७९२००००१ मा सहयोग गर्न सक्ने छन । साथै थप जानकारीका लागि मृतकका बुवा सेरी सार्कीलाई ९८१०६३७०१७ मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया