दार्चुलामा अवस्थित अपिहिमालको आरोहणको लागि आएको टोलीले अपि वेश क्याम्प क्षेत्रमा प्रशिक्षण सुरु गरेको छ । बुधाबारबाट अपिहिमाल क्षेत्रमै पहिलो पटक काठामाण्डौबाट आएको टोलीले ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ सुरु गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरे बोहराले बताउनुभयो ।
‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ मा सहभागी विद्यार्थी र प्रशिक्षक गरि २५ जनाको टोलीले अपि वेश क्याम्प क्षेत्रमा प्रशिक्षण सुरु गरेको र २ हप्ताको प्रशिक्षण पछि टोलीका ७ जनाले अपिहिमाल आरोहण गर्ने बताइएको छ।
‘प्रोफेसनल माउन्टेन गाइड तालिम र त्यस पछि अपिहिमाल र ल्याहुल पिक आरोहरणको लागि काठमाण्डौबाट १० जना प्रशिक्षक र १५ जना प्रशिक्षार्थीको टोली अपिहिमाल क्षेत्रमा आइपुगेको छ । तालिमका मुख्य प्रशिक्षक सञ्जीव गुरुङको नेतृत्वमा काठमाण्डौबाट आएको टोलीमा १ हप्ता भित्रै अपिहिमाल गाउँपालिबाट छनोट गरिएका १५ जनाको टोली पनि ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइडको वेशिक तालिममा सहभागि हुन वेश क्याम्प जाने छ । तालिम पश्चात काठमाण्डौबाट आएको टोलीका ७ जना प्रशिक्षक र विद्यार्थीले अपिहिमाल आरोहण गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।
ल्याहुल पिकमा भने सबै प्रशिक्षक र प्रशिक्षार्थीले आरोहण गर्ने तयारी रहेको तालिमका मुख्य प्रशिक्षक गुरुङले बताउनुभयो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका ६ हजार मिटर माथिका हिमालहरूको आरोहण हुन नसकेको अवस्थामा अपिहिमाल आरोहणको तयारी गरिएको हो। तालिमका मुख्य प्रशिक्षक सञ्जीव गुरुङले २ हप्ताको सैद्धान्तिक तालिम काठमाण्डौमा सम्पन्न भएको र २ हप्ताको प्रयोगात्मक तालिम अपि वेश क्याम क्षेत्रमा सम्पन्न गरेर पहिले ६ हजार ३ सय ९५ ल्हायुल पिक चढ्ने योजना रहेको बताउनुभयो । जसमा १५ जना विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी हुने छन् ।
तालिममको क्रममा टोलीले अपिहिमाल नजिकको ल्हायुल पिक चढ्ने छ, जहाँ अहिले सम्म मानव पाइला नपुगेको बताइएको छ। ‘हामीले अपि क्षेत्रमा ‘समर स्किल’ तालिम दिएपछि ल्हायुल पिकमा प्रशिक्षार्थीले आफै बाटो बनाएर चढ्न सक्छन् भन्ने विश्वास लिएका छौ, मुख्य प्रशिक्षक गुरुङले भन्नुभयो।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा रहेको अपिहिमाल सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमाल हो । अपिहिमालमा हुने समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, युएनडिपी, नेपाल पर्वतारोहण संघ (एनएमर्ए) र अपिहिमाल गाउँपालिकाबिच सम्झौता भएअनुसार अपिहिमाल पनि आरोहण गर्न लागिएको हो ।
अपिहिमाल गाउँपालिका अध्यक्षको आग्रहमा अपि क्षेत्रमा तालिमको सेड्युल बनाइएको मुख्य प्रशिक्षक गुरुङले बताउनुभयो । तालिममा सहभागी विद्यार्थीले ट्रेकिङ पिकमा माउन्टेन गाइडको काम गर्न सक्ने र अन्य हिमाल आरोहणमा सहायक माउन्टेन गाइडको रूपमा काम गर्न सक्ने छन् । तालिमको पाठ्यक्रम सिटिइभिटी सँगको सहकार्यमा नेपाल पर्वतारोहण संघले तयार पारेको थियो। वेश क्याम्प प्रस्थान गरेको प्रशिक्षक टिममा सगरमाथा आरोहण गरेकाहरूको समेत सहभागिता रहेको छ।
अपिहिमाल आरोहरण र पर्यटन विकासको विगत लामो समय देखिको प्रयास अहिले सफल हुने क्रममा रहेको गाउँपालिका अध्यक्ष ठेकरे बोहराले बताउनुभयो । सुदूरपश्चिमका ६ हजार मिटर माथिका हिमाल आरोहणका लागि खुलाउन गरिएको प्रयास सफल भइरहेको छ, लामो समय देखि हामीले अपिहिमाल क्षेत्रमा पर्यटन विकासको लागि प्रयास गरिरहेका थियौ अहिले त्यसको प्रतिफल आउने समय आएको छ, उहाँले भन्नुभयो ।
यहाँ हजारौँ पर्यटक घुम्न आउने सम्भावना भए पनि पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग, आवश्यक भौतिक पूर्वाधार अभाव लगायतका कारणले यहाँ पर्याप्त पर्यटक आउन नसकेको उहाँले बताउनुभयो ।
बाह्रै महिना पर्यटनको प्रचुर सम्भावना बोकेको अपि क्षेत्र पर्यटनका लागि ‘भर्जिन पर्यटकीय गन्तव्य हो । पर्यटन प्रवर्द्धनका लागि हाल सङ्घीय सरकारको साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णालीमा रहेका ९७ हिमाल आरोहणमा २ वर्षका लागि पूर्ण रुपमा हिमाल चढ्ने शुल्क छुट गर्ने निर्णय गरेको छ। दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमालको सन् १८९९ मा पहिचान गरिएको बताइन्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया