Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २१ गते शनिबार

मन्त्री चढेको गाडीले बालिका ठक्कर दिएपछि

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएर भागेको भिडिओ अहिले भाइरल भएको छ । शनिबार बिहान करिब ७ बजे भएको उक्त घटनामा ११ वर्षीया बालिका उषा सुनार घाइते भएकी छिन् ।
ललितपुर महानगरपालिका-२८, हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर सवार १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको हो । सार्वजनिक भएको सीसीटीभी फुटेजमा जेब्रा क्रसिङ नजिकैबाट बाटो काट्दै गरेकी बालिकालाई तीव्र गतिमा आएको उक्त गाडीले ठक्कर दिएको देखिन्छ । 
ठक्करबाट बालिका सडकमा लडेकी छन् । तर, गाडी नरोकिई हुत्तिँदै अगाडि बढेको भिडिओमा स्पष्ट देख्न सकिन्छ । त्यसपछि पछाडिबाट आएका मोटरसाइकल चालकहरू रोकिएर बालिकालाई हेरेको दृश्य पनि भिडिओमा छ । घाइते बालिका भने उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।
यस घटना र मन्त्रीको गाडीले ठक्कर दिएर भागेको विषयलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गरेका छन् । केहीले भने बाटो काट्दा बालिकाले ध्यान नदिएको भन्दै कमजोरी औंल्याएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>