कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको सरकारी गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएर भागेको भिडिओ अहिले भाइरल भएको छ । शनिबार बिहान करिब ७ बजे भएको उक्त घटनामा ११ वर्षीया बालिका उषा सुनार घाइते भएकी छिन् ।
ललितपुर महानगरपालिका-२८, हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर सवार १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको हो । सार्वजनिक भएको सीसीटीभी फुटेजमा जेब्रा क्रसिङ नजिकैबाट बाटो काट्दै गरेकी बालिकालाई तीव्र गतिमा आएको उक्त गाडीले ठक्कर दिएको देखिन्छ ।
ठक्करबाट बालिका सडकमा लडेकी छन् । तर, गाडी नरोकिई हुत्तिँदै अगाडि बढेको भिडिओमा स्पष्ट देख्न सकिन्छ । त्यसपछि पछाडिबाट आएका मोटरसाइकल चालकहरू रोकिएर बालिकालाई हेरेको दृश्य पनि भिडिओमा छ । घाइते बालिका भने उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।
यस घटना र मन्त्रीको गाडीले ठक्कर दिएर भागेको विषयलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गरेका छन् । केहीले भने बाटो काट्दा बालिकाले ध्यान नदिएको भन्दै कमजोरी औंल्याएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया