Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २२ गते आइतबार

नेकपा (एमाले) भित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको देखिएको छ । ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने अधिकारमा प्रतिबन्ध लागेको छ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका हुन्। फरक मत राख्न करिब ३० मिनेटसम्म हलमा उभिएका थापालाई ओलीले बोल्नै नदिएका हुन् ।


थापाले महाधिवेशनका लागि ३२ पृष्ठ लामो फरक मत तयार पारेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए। पार्टी कार्यालयमा दर्ता भएको प्रतिवेदन ओलीले प्रस्तुत गर्न रोक लगाएका हुन्।

थापाले एमालेको आन्तरिक लोकतन्त्र, सङ्गठनात्मक प्रणालीमा देखिएका समस्या र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताको विषयलाई फरक मतको  मुख्य एजेन्डा बनाएका थिए खोजेका थिए। 


थापाले केपी ओलीले उठाएकै पार्टी जीवनको लोकतान्त्रीकरणबारेमा समेत महाधिवेशन कुरा राख्न चाहेका थिए । तर कार्यसूचीमा राखेर पनि अन्तिममा ओलीले थापालाई बोल्नै निषेध गरिदिएका हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>