Samriddhipost
२०८२ भदौ २३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २३ गते सोमबार

जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मिएको पुस्ता, जसलाई नेपालमा सामाजिक–राजनीतिक असन्तोषले एकत्रित गरिरहेको छ । अनि प्रविधिको प्रयोगले तिनलाई नजिक राखिदिएको छ ।
जेन जेडहरूसँग आफ्नो कुरा भन्नलाई प्रविधि, अर्थात् मोबाइल ट्याब्लेट आदिमार्फत् सामाजिक सञ्जाल थियो । सरकारले तीमध्ये २४ सन्जाललाई नेपालमा सूचीकरण नभएको भन्दै बिहीबारदेखि बन्द गराइदिएको छ ।
यी २६ सामाजिक सञ्जालमध्येमा रेडिट र डिस्कर्ड पनि पर्छन् ।
रोचक के छ भने, सामाजिक सञ्जाल बन्द हुँदा धेरैले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सअप, ट्वीटरको चर्चा गरे । त्यस बेला रेडिट र डिस्कर्डको कमै चर्चा भएथ्यो ।
तर, यिनै दुई सामाजिक सञ्जाल प्ल्याटफर्म प्रयोग गरेर जेनजी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा संगठित भएका छन् ।
यो युवा आक्रोश केही दिनको उफानपछि साम्य होला, वा नेपाली समाज र राजनीतिको तख्ता नै पल्टाउनतर्फ लक्षित होला, यो अहिल्यै पूर्वानुमान गर्न सकिँदैन । तर, आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विधान महाधिवेशनमा सम्बोधन क्रममा गरेका टिप्पणी, स्थानीय प्रशासनले गरेको सुरक्षा आकलन तथा पूर्वतयारी, अनि चोक–चोकदेखि देशदेशावरसम्म भइरहेका टिकाटिप्पणी हेर्दा स्पष्ट हुन्छ- यो आक्रोश अघिपछिका भन्दा बढ्ता अर्थपूर्ण र उद्देश्यपरक देखिन्छ । जबकि, अहिलेसम्मको तयारी हेर्दा यो योजनाबद्ध भन्दा स्वतस्फुर्त नै बढ्ता देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>