Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १६ गते आइतबार

किन भन्द भयाे धनगढि - पाटन उडान

बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ। हप्ताको एक दिन शुक्रबार पाटन विमानस्थलबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा महिना दिनयता भएको छैन।                        नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले यात्रु कम भएकाले उडान हुन नसकेको बताएका छन्।  १८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछिसम्म पनि राम्रो चलिरहेको भट्टले बताए। तर पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका उनले बताए। दैनिक १४÷१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनको भनाई छ।              बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा उक्त भाडा महंगो भएको स्थानीय बताउँछन्। एक स्थानीय भन्छन्, ‘६/७ सयमा गाडीमा धनगढी पुगिन्छ। अहिले हवाई भाडा बढेर ४ हजार १ सय रुपैयाँ पुगिसकेको छ ।             समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको बताएका छन्।  उनले भने, ‘यात्रु नै नपाएर उडान नभएको होइन। मौसमको खराबीले हो।’ उनले सुरुमा भाडा ३ हजार ८ सय ५० रुपैयाँ रहेको तर इन्धनको मूल्य बढेपछि भाडा बढाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>