कञ्चनपुर उद्योग वाणिज्य सङ्घले एक मङ्गलबार सम्पूर्ण व्यापार व्यवसाय बन्दको लागि विज्ञप्ति जारी गरेको छ।
देशव्यापी रूपमा जारी “जेन जि आन्दोलन”का क्रममा आफ्ना वैधानिक र संवैधानिक अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने क्रममा ज्यान गुमाउन बाध्य भएका नागरिकहरूप्रति कञ्चनपुर उद्योग वाणिज्य संघ गहिरो शोक
प्रकट गर्दछ। दिवंगत आत्माहरूको चीर शान्तिको कामना
गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
यस्तो असहज परिस्थिति उत्पन्न हुनु राष्ट्र र समाज दुवैका लागि अत्यन्तै दुःखद विषय हो। नागरिकहरूको वैधानिक मागप्रति संवेदनशील भई सरकारलाई छिटो, ठोस र प्रभावकारी कदम
चाल्न यस विज्ञप्तिमार्फत सरकार को गम्भीर ध्यानाकर्षण
गराउन चाहन्छौं ।
दिवंगत आत्माहरूको स्मरणमा र नागरिकको आवाजलाई
सम्बोधन गर्न राज्य जिम्मेवार बन्नुपर्ने माग गर्दै संघले २०८२
साल भाद्र २४ गते कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग
व्यवसाय बन्द गर्ने निर्णय गरेकाे हुदा । सबैले आफ्नाे
उद्योग, व्यवसाय, तथा व्यापारिक प्रतिष्ठान बन्द गरिदिन
हुन हार्दिक अपिल गर्दछाै उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया