Samriddhipost
२०८२ भदौ २८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २७ गते शुक्रबार

नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले संविधानको रक्षा गर्न अपिल जारी गरेको छ । 

भाद्र २३ र २४ गते जेन जेड का नाममा भएकाे आन्दाेलन भ्रष्टाचार मुक्त नेपालका लागि अगाडि बढेकाे सन्दर्भमा आन्दाेलनमा घुसपैठ गरि  जनताकाे कर बाट निर्माण गरिएका सरकारि संरचना ताेडफाेड आगजनी गरि नेपालमा हाल सम्म नभएकाे क्षति गरिएकाेे जनाउदै जनताकाे सात दशक लामाे संघर्ष, शाहिदहरुकाेे रगत र नागरिककाे पसिनाकाे मुल्यले संविधान निर्माण गरिएकाे उल्लेख गर्दै माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले संविधानको रक्षा गर्न अपिल जारी गरेको हो । 

शहीदहरूको रगतले लेखेको नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरू मास्ने कार्यमा विदेशी शक्तिहरू सलबलाएको हुँदा गणतन्त्र संविधानको रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगर कमिटीले आन्दोलनमा घुसपैट गरी संरचना तोडफोड आग्जनी गरेको कार्यप्रति पार्टी यस्ता अराजक कार्य गर्ने तत्त्वको निष्पक्ष रुपमा छानबिन गरी छिटोभन्दा छिटो कानुनी कारबाहीका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ समेत उल्लेख गरेको छ।

 

शुक्रबार नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रक्षाको माग अघि सारेको छ । माओवादी केन्द्र नगर सचिव तिलक जप्रेल र अध्यक्ष जिवन धामीद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरिएको छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>