छिमेकी मुलुक भारतले नेपालमा सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।
नयाँ दिल्लीबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतले यस कदमले नेपालमा शान्ति र स्थायित्व अभिवृद्धिमा सघाउ पुग्ने आशा व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्माननीय श्रीमती सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दछौं। हामी आशावादी छौं कि यसले शान्ति र स्थायित्वलाई बढावा दिन मद्दत गर्नेछ।’
भारतले आफूलाई नेपालको निकटको छिमेकी, लोकतान्त्रिक मित्रराष्ट्र र लामो समयदेखिको विकास साझेदारको रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा दुवै देशका जनताको हित र समृद्धिका लागि नेपालसँगको सहकार्य निरन्तर रहने उल्लेख छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया