जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो ।
बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना, कैदी ९ गरेर ५१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ३५ जनाको विवरण प्राप्त भएको छ ।
यस विवरणमा अस्पतालमा मृत्यु भएकाको विवरण मात्रै उल्लेख छ । जसमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, वीर अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
सोमबार दिँउसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
श्रीआम चौलागाईं वर्ष १९ राष्ट्रिय ट्रामा सेन्टर
सुलभराज श्रेष्ठ वर्ष २५ धम्बुजी गापा २ बाँके राष्ट्रिय ट्रामा सेन्टर
बुद्धिबहादुर तामाङ वर्ष ४१ कीर्तिपुर नपा२ काठमाडौँ राष्ट्रिय ट्रामा सेन्टर
गौरव जोशी वर्ष २९ धनगढी राष्ट्रिय ट्रामा सेन्टर
योगबहादुर श्रेष्ठ वर्ष २९ १२ विषय ६ सिन्धुपाल्चोक राष्ट्रिय ट्रामा सेन्टर
ईश्वर बहादुर अधिकारी वर्ष २६ वनस्थली काठमाडौँ राष्ट्रिय ट्रामा सेन्टर
सन्तोष बिक वर्ष २९ बेल्का नगरपालिका ४ उदयपुर राष्ट्रिय ट्रामा सेन्टर
आयुष थापा वर्ष १९ टोखा नगरपालिका ८ काठमाडौँ राष्ट्रिय ट्रामा सेन्टर
मिसल सारु मगर वर्ष १८ अर्घाखाँची सिविल अस्पताल
छत्रमान कुथुमी वर्षसाटी धनकुटा सिभिल अस्पताल
बिमल भट्ट वर्ष २२ गोरखा सिभिल अस्पताल
काशी आलम ठाकुर वर्ष २४ सिविल अस्पताल अभिषेक चौलागाईं वर्ष २१ दोलखा सिभिल अस्पताल
विनोद महर्जन वर्ष ३० ललितपुर महानगरपालिका ७ एभरेस्ट अस्पताल
दिलनारायण तामाङ वर्ष ४२ काभ्रे तेमाल गाउँपालिका ७ एभरेस्ट अस्पताल
योगेन्द्र न्यौपाने वर्ष २३ दुवाकोट भक्तपुर एभरेस्ट अस्पताल
प्रवीण कुलुङ वर्ष २१ संखुवासभा फ्रन्ट लाइन अस्पताल
उमेश महत वर्ष २१ चाबहिल फ्रन्ट लाइन अस्पताल
निकिता गौतम वर्ष १७ गौशाला। फ्रन्ट लाइन अस्पताल
अर्जुन भट्ट वर्ष २८ बयोधा अस्पताल
देवकुमार सुवेदी वर्ष २३ बयोदा अस्पताल
सौरभ किशोर श्रेष्ठ वर्ष ३८ केएमसी अस्पताल
सुभाष पोखरेल वर्ष २३ केएमसी अस्पताल
रसिक खतिवडा वर्ष २३ त्रिवी शिक्षण अस्पताल
भीमराज धामी वीर अस्पताल
अभिषेक श्रेष्ठ वर्ष २३ इटहरी बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
दिनेश राजवंशी वर्ष २५ इटहरी, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
गोपाल सिडेन वर्ष ३० झापा बिर्ता सिटी अस्पताल
अमृत गुरुङ वर्ष ३८ बिएनबी अस्पताल
कमल भण्डारी वर्ष ३५ बिएनसी अस्पताल बिर्तामोड
उमेश बिष्ट वर्ष २१ अछाम भेरी अस्पताल
दिपेश घर्ती मगर वर्ष २१ दाङ भेरी अस्पताल
जगत देउवा वर्ष १० कैलाली भेरी अस्पताल
भूपेन्द्र खत्री वर्ष २१ दैलेख भेरी अस्पताल
रहेका छन्
सुरक्षाकर्मी अरुसमेत गरेर ५१ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया