नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पुर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै उनले उर्जा मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
आज दिउँसो उर्जा मन्त्रालय आयोजित पदभार ग्रहण कार्यक्रममा उर्जा मन्त्रालयका सचिव, सहसचिवहरू, मन्त्रालयका अधिकारी तथा मातहतका निकायका अधिकारी र पत्रकारहरूले खचाखच भरिएको थियो ।
त्यही भीडमा धेरैको ध्यान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको खोजी भइरहेको थियो । तर, उनी कार्यक्रममा देखिएनन । उनको ठाउँमा प्राधिकरणका अन्य कर्मचारी थिए ।
उनी कार्यक्रममा उपस्थित नभएको विषयमा मन्त्रालयका अधिकारीहरूले शाक्य नेपाल बाहिर रहेकाले आउन नसकेको बताए ।
‘नेपाल बाहिर जानु भएकाले उहाँ नआउनु भएको हो । प्राधिकरणबाट अन्य अधिकारीको उपस्थिति रहेको थियो,’ उर्जा मन्त्रालयका एक अधिकारीले भने ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका घिसिङलाई प्राधिकरणबाट हटाएर शाक्यलाई बनाएको थियो । जबकी यसअघि शाक्यलाई हटाएर नै घिसिङलाई समेत कार्यकारी निर्देशक बनाईएको थियो ।
घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएपछि घिसिङ मन्त्री बनेर उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका हुन् ।
घिसिङ देशलाई १८ घण्टा लोडसेडिङ मुक्त गराएर चर्चामा आएका थिए । तत्कालिन उर्जामन्त्री दिपक खड्कासँग ट्रंक र डेलिकेडेड लाइनको विद्युत महसुल बिल उठाउने विषयमा विवाद देखिएको थियो ।
घिसिङ उक्त रकम उठाउनुपर्ने अडानमा थिए भने खड्का उठाउन नहुने पक्षमा देखिएका थिए । यो विवाद लामोसमयदेखि चल्दै गएपछि २०८१ चैत ११ गते मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया