नेपाल राष्ट्र बैंकका गभर्नरमा डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा भएको अराजकताको मौका छोपी संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको बताएका छन्।
शुसान्त प्रधानको पोडकास्टमा जेन-जी आन्दोलनले पारेको आर्थिक क्षतिबारे बोल्दै डा. पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन्।
‘एक ठाउँमा चाहिँ अलि सिरियस लुटपाट भएको छ, त्यो चाहिँ संसद भवनभित्र भएको राष्ट्रिय वाणिज्य बैंकको अफिस हो,’ डा. पौडेलले भने, ‘त्यहाँ ५ करोड रुपैयाँ जतिको क्यास र १८ किलो जति सुन चाहिँ लुटिएको छ।’
उनले आन्दोलन सुरु हुनुअघि नै आफूले नेपाल राष्ट्र बैंकमाथि पनि आक्रमण हुन सक्ने भन्दै सचेत गराएको तर भाग्यवश राष्ट्र बैंकको थापाथली र बालुवाटारस्थित मुख्य भवनहरूमा भने कुनै क्षति नपुगेको बताए। ‘लक्कीली, थापाथली र बालुवाटारमा त्यत्रो घरहरू ध्वस्त हुँदाखेरि पनि राष्ट्र बैंक चाहिँ केही भएन,’ उनले भने।
६८ बैंक शाखा र ६९ एटीएममा क्षति
डा. पौडेलका अनुसार, आन्दोलनका क्रममा देशभर ६८ वटा विभिन्न बैंकका शाखाहरू र ६९ वटा एटीएमहरूमा क्षति पुगेको थियो।
उनले धेरैजसो बैंक शाखाहरू सरकारी कार्यालय वा व्यापारिक कम्प्लेक्सभित्र रहेका कारण आक्रमणको निशाना बनेको बताए। भरतपुरमा एउटा एटीएम मेसिन नै उठाएर लगे पनि त्यसबाट पैसा निकाल्न भने नसकिएको उनले उल्लेख गरे।
यस्तो विषम र तनावपूर्ण परिस्थितिमा पनि राष्ट्र बैंकले आफ्नो इमरजेन्सी रेस्पोन्स टिम र बिजनेस कन्टिन्युटी प्लान मार्फत बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीलाई एकछिन पनि रोकिन नदिएकोमा डा. पौडेलले गर्व व्यक्त गरे।
‘मलाई डर थियो कि एटीएममा पैसा पनि नहुने र डिजिटल पेमेन्ट पनि नहुने अवस्था आयो भने लुटपाट झनै बढ्छ र मानिसले खानेकुरा कसरी किन्छन् भन्ने थियो,’ उनले भने, ‘तर हाम्रो टिमले धेरै जोखिम मोलेरै भए पनि भुक्तानी प्रणालीको निरन्तरतालाई कायम राख्यो।’
उनले भदौ २३ गतेको घटनापछि आफूले बैंकर्स एसोसिएसनका प्रमुखलाई फोन गरेर कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न र विशेषगरी महिला तथा बालबच्चा भएका कर्मचारीलाई छिट्टै घर पठाउने व्यवस्था मिलाउन आग्रह गरेको समेत सुनाए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया