Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०२ गते बिहिबार

काठमाडौँ-धनगढी रुटमा हवाइ भाडा असामान्य रूपमा बढेको छ।केही दिनयता विमान कम्पनीहरूले न्यूनतम मूल्यका टिकट उपलब्ध गराउन छाडेर अधिकतम मूल्यमै बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।
सामान्यतया साढे ७ हजार रुपैयाँसम्म पाइने टिकट अहिले न्यूनतम १२ हजार रुपैयाँभन्दा कममा उपलब्ध छैन।शुक्रबार भोलिका लागि अनलाइन बुकिङ प्रणालीमा काठमाडौँ-धनगढी उडानमा १४ हजार ३ सय रुपैयाँमा सीमित सिट देखिएको छ भने अधिकांश टिकट १६ हजार ७८९ रुपैयाँमा बिक्रीमा छन्।
धनगढी–काठमाडौँ फर्किने उडानमा भने अधिकांश टिकट ६ हजार ८९८ रुपैयाँमा कायम गरिएको छ। तर काठमाडौँ-धनगढी रुटमा २-३ दिन पछिसम्म पनि १२ हजारभन्दा कममा टिकट उपलब्ध छैन।
यात्रुहरूले विमान कम्पनीहरूलाई चाडपर्व नजिकिँदा मनपरी मूल्यवृद्धि गरेको आरोप लगाएका छन्।अरुबेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने तर चाडपर्व आउँदा नमिल्ने हुन्छ सरकारी निकाय मौन हुँदा विमान कम्पनीको मनपरी सुरु भएको यात्रुहरू बताउँछन् ।
जेनजी आन्दोलनका कारण देशभर कर्फ्यु आदेश जारी हुनु र लामो दूरीका यातायात बन्द हुनु, साथै चाडपर्व नजिकिँदै यात्रुको चाप बढ्नु भाडा वृद्धि हुने प्रमुख कारण देखिएको छ।
नागरिक उड्डयन प्राधिकरणले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यात्रुहरूले भने सरकारले तत्काल मूल्य नियन्त्रण र अनुगमन गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>