Samriddhipost
२०८२ असोज ०३ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०३ गते शुक्रबार

जेन्जी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो : ओली

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका स्वचालित हतियारले गोली हानेको पाइएको उनले बताएका छन् ।
भदौ २३ र २४ गते भएको युवा आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो ।
आन्दोलनपछि सरकार छाड्न बाध्य भएको ओली सैनिक व्यारेकको ९ दिन लामो बसाइँपछि विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् । उनले शुक्रबार संविधान दिवसको दिन वक्तव्य जारी गर्दै आन्दोलनमा गोली हान्ने आदेश नदिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’
प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको भन्दै ओलीले सो घटनाको छानबिन हुनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>