मंगल जोशी
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँ पालिका–१ स्थित श्री बेल्डाँडी नवज्योति पब्लिक स्कुल एक्लैले भव्यताका साथ संविधान दिवस मनाएको छ ।
उक्त स्कुलले १०औँ संविधान दिवस आज बिहान प्रभात फेरि निकालेर स्थानीय बजार परिक्रमा गरेको थियो । बेलुकी बिद्यालय प्राङ्गणमा दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।
आज बिहान बिद्यालय प्राङ्गण बाट सम्पूर्ण बिद्यार्थी, शिक्षक, कर्मचारी र केही अभिभावक समेत सम्मिलित प्रभात फेरीका लागि र्यामली निकालिएको थियो । संविधान र संविधान दिवस सम्बन्धि बिभिन्न नारा अङ्कित प्लेकार्ड प्रदर्शन गर्दै स्थानीय बजार परिक्रमा गरेर उक्त र्या्ली पुनः बिद्यालय प्राङ्गणमै आएर कोण सभामा परिणत गरिएको बिद्यालयका कार्यक्रम संयोजक नवराज जोशीले जानकारी गराए । कोण सभामा बिद्यार्थी, शिक्षक तथा अभिभावक र अन्य सहभागीहरुलाई संबोधन गर्दै शिक्षिका पार्वती उपाध्याय जोशीले संविधान र संविधान दिवसको महत्व तथा बिशेषताका बारेमा जानकारी गराईन । संविधान दिवसकै अवसर पारेर संविधानका बिषयमा वकतृत्व प्रतियोगताको पनि आयोजना गरिएको बिद्यालय स्रोतले जनाएको छ ।
हामीले बिहान प्रभात फेरी र कोण सभाको आयोजना गर्यौं । दिनमा संविधानका बिषयमा केन्द्रित रहेर वकतृत्व प्रतियोगिता सञ्चालन भयो र अहिले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गर्यौं – संयोजक नवराज जोशीले भने यो संविधानको गरिमा र महत्व अतुलनीय छ । यो संविधान जनता द्वारा निर्वाचित संविधान सभाले बनाएको हो । यो जनताले, जनता द्वारा, जनताका लागि बनाईएको संविधान हो । यसको प्राप्तिका लागि हज्जारौं हज्जार हाम्रा दाजुभाई दिदी बहिनीहरुले बिभिन्न आन्दोलनका क्रममा आनो ज्यान उत्सर्ग गर्नु भएको छ । यसै संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बांधेको छ । यो हामी नेपालीका लागि बिशेष छ ।
उक्त क्षेत्रमा यसपाली संविधान दिवस मनाउन कोही उत्सुक नदेखिए पनि आफुले भने मनाएरै छाड्ने संकल्प लिएको बिद्यालयका संस्थापक/प्रिन्सिपल हर्क राज जोशीले बताए । उनले भने–हिजो अबेर सांझ सम्म पनि संविधान दिवस मनाउन यस क्षेत्र बाट कोही ईच्छुक भए आफु समन्वय गर्न तम्तयार रहेकोमा त्यस्तो केही नदेखे पछि हाम्रो बिद्यालय एक्लैले भए पनि मनाउने निर्णय गर्यौंर र मनाएर छाड्यौं । सो बिद्यालय संस्थागत बिद्यालयहरुका हकमा अग्रणी संस्था भएको हुंदा पठनपाठन बाहेक सामाजिक दायित्व पनि बहन गर्दै आएको उनले बताए । हाम्रो बिद्यालयले हरेक सामाजिक कार्यमा सकृय सहभागिता जनाउंदै आएको छ । चाहे ती स्थानीय स्तरमा मनाईने चाडपर्व हुन या राष्ट्रिय, अन्तर्राष्ट्रिय दिवस हुन्, प्रिन्सिपल जोशीले भने हामी सदैव एक कदम अगाडी रहन्छौं र यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पनि सो अनुरुप नै तयार गर्दै आएका र्छौं । यो हाम्रो सामाजिक र नैतिक दायित्व हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया