Samriddhipost
२०८२ असोज ०५ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०४ गते शनिबार

मुग्लिन चितवन सडक खण्ड २४ घण्टामा पनि खुलेन, राति खोल्ने काम रोकिने

नेपालको राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य सडकका रुपमा रहेको चितवन काठमाडौँ वा मुग्लिन चितवन सडक खण्ड २४ घण्टाबाट अवरुद्ध भएको छ । सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि सडक अवरुद्ध भएको हो ।

मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेको हुँदा हामीसँग तीनवटा लोडर भए पनि सुरक्षाको दृष्टिकोणले निर्बाध रूपमा पहिरो हटाउनको लागि समस्या भएको छ, शनिबार बेलुका ६ः११ बजे सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ ।

नारायणगढतर्फबाट पहिरो हटाउने कार्य जारी छ । “थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा सबै उपकरणहरू प्रयोग गरी पहिरो हटाउन सहज हुने र छिटोभन्दा छिटो सवारी आवागमन सुचारु गर्नेमा हामी प्रतिबद्ध रहेको व्यहोरा  अनुरोध छ,” सडक डिभिजनले भनेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>