Samriddhipost
२०८२ असोज ०७ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ०६ गते सोमबार

यसरी मनाउन सकिन्छ घटस्थापना, मन्त्र सहित पुजा बिधी
साङ्केतिक फाईल तस्वीर

आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।
सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । घट भन्नाले घडा (कलश) लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ ।
दुर्गाको आवाहन गर्दै पूजा गर्ने ठाउँलाई कलश (पवित्र जल राखिएको घडा) लाई शुद्ध जलले भरि पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री) राखिन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा उमारिन्छ । दशमीको दिन देवीको प्रशादको रुपमा जमरालाई शिरमा राखिन्छ जसलाई शुभता र आशीर्वादको प्रतीक मानिन्छ ।
पूजामा शक्तिस्वरूपा दुर्गा भवानीको नौरुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाका नामले पनि प्रसिद्ध छ । फूल, धूप, दियो, जल र अन्नको प्रयोग गरी मन्त्र जप र स्तोत्र पाठ गरिन्छ ।
देवदेवीका मन्दिर र शक्ति पीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ ।
महासिद्धिप्रदं धम्र्यं सर्वशत्रुनिबर्हणम् ।
सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु ।।
क्रत्वर्थ ब्राह्मणाहीश क्षत्रियैर्भूमिपालने ।
गोधनार्थं विशा वत्स ! शूद्रैः पुत्रसुखार्थिभिः ।।
सौभाग्यार्थं स्त्रिया कार्यमाख्यैश्च धनकाङ्गिभिः ।
महाव्रतं महापुण्यं शङ्कराडद्यैरनुष्ठितम् ।।
अर्थ
नवरात्रको व्रतलाई महासिद्धि दिने, दुर्लभ, सबै शत्रुको संहार गर्ने र सबै प्राणीहरूको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ । ब्राह्मणहरूले यज्ञ सम्पादनका निमित्त, क्षत्रियहरूले पृथ्वी प्राप्तिका निमित्त, वैश्यहरूले गोधनको वृद्धिका निमित्त, शूद्रहरूले पुत्र सुख प्राप्तिको निमित्त, नारीहरूले सौभाग्य प्राप्तिका निमित्त र सम्पन्न व्यक्तिहरूले धन प्राप्तिको निमित्त नवदुर्गामा भगवती महिषासुरमर्दिनीको उपासना गर्दछन् । यो महापुण्यदाय महाव्रत शङ्कर, ब्रह्माजी, भगवान् विष्णु, इन्द्र आदि देवताहरूले पनि विभिन्न अवसरमा नवदुर्गामा नवरात्र व्रत गरेकाे मान्यता रहि आएकाे छ ।
दुर्गा सप्तशतीको पाठ
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्ति पाठ गरेर सङ्कल्प लिनुपर्दछ र प्रथम पूज्य भगवान् श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुपर्दछ । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्दछ । यसपछि मुख्य मूर्तिको षोडशोपचार पूजा गरी देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेय पुराण अन्तर्गत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्दछ । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यो एक अत्यन्त शक्तिशाली दुर्गा मन्त्र हो । यसलाई चामुण्डा बीज मन्त्र पनि भनिन्छ । यो तन्त्र शास्त्रमा देवी साधना गर्नेहरूले प्रयोग गर्दछन् । नवरात्रमा यो मन्त्रको प्रयोग वा उच्चारण गर्ने र चण्डीपाठ गर्नाले आन्तरिक शक्ति, आत्मबल र साहस जागृत हुन्छ । तान्त्रिक रुपमा दुष्ट शक्ति, भूत प्रेत बाधा तथा नकारात्मक ऊर्जा हट्दछ । साधकहरूले यो मन्त्रलाई १०८, १००८ वा लाखौपटक जपेर सिद्ध गर्न सकिन्छ ।
विचार गर्नु पर्ने
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुपर्दछ । यदि बत्ती घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दायाँतर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बायाँतर्फ राख्नुपर्दछ ।
देवीको आराधनामा प्रयोग गरिने मन्त्र:
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।
पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस्:
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुंडरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।
नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>