Samriddhipost
२०८२ असोज १६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १० गते शुक्रबार

भीमदत्तका कृष्ण धनगढीमा समावेशी शिक्षा सहजकर्ता

संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहनुभएका बैतडीका आचार्य कृष्ण दमाईले नोकरी पाउनुभएको छ । उनलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति गरेको छ । उहाँका विषयमा पहिलो पटक गोरखापत्रमा समाचार प्रकाशित भएपछि नेपालभरी चर्चा भएको थियो । बैतडीको शिवनाथ गाउँपालिका –५, बकुन्नामा जन्मेका कृष्ण दमाईले संस्कृत विषयमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण गरेका छन् । उनलाई यसअघि पशुपति कोटीहोममा सम्मानसहित व्यसमा बसालेर प्रवचन दिने मौकासमेत दिइएको थियो । सोही बेला धनगढी उपमहानगरपालिकाले उनको नागरिक अभिनन्दन गरेको थियो ।
आचार्य कृष्ण दमाईको घरको आर्थिक अवस्था कमजोर भएकाले नोकरी दिने नगरप्रमुख गोपी हमालले घोषणा गरेका थिए । दलितले वेदपुराण पढ्नु हुँदैन भन्ने मान्यता बोकेको समाजमा हुर्कनु भएका दमाईले नेपाल संस्कृत विश्व विद्यालय विद्यापीठ लालझुण्डी, दाङबाट २०७८ सालमा संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन्। उनले, संस्कृत विषय पढ्दा आफूले थुप्रै सङ्घर्ष गर्नुपरेको बताए । केही समयदेखि विभिन्न धार्मीक अनुष्ठानमा सहभागी हुँदै आएकाआचार्य दमाई परिवारको छाक टार्न कञ्चनपुरस्थित एक निजी विद्यालयमा पढाउने काम गर्दै आएका थिए । यहीबिचमा धनगढी उपमहानगरपालिकाले आफूलाई टिकाराम पार्की छात्रवृत्ति र जुठे दमाई छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि सहजकर्तामा नियुक्ति दिएपछि जीविका चलाउन सहज हुने उनले बताए ।
नगरपालिकाले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए । उनलाई नगररपलिकाले शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत काम गर्नेगरी छैटौं तहमा नियुक्ति दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>