जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।
यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ ।
सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ । स्कन्दमाता स्वरूपिणी देवीका चार हातहरू छन् ।
दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।
तारकासुरले कठोर तपस्या गरी ब्रम्हाजीसँग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । वरदान पाएपछि तारकाशुरको कारणले तिनै लोक त्रशित थियो । तारकाशुरले स्वर्गबाट सबै देवताहरुलाई भगाएर राज गर्न थाल्यो ।
उता सतिदेवीको मृत्यु पश्चात भगवान् शिवजी ध्यान मग्न रहन थाल्नुभयो । सतीदेवीले पुनः पार्वतीको रूपमा हिमालय पर्वतमा जन्म लिएपछि पनि शिवजीले योग तथा साधना त्याग गर्नुभएन । पार्वतीले ब्रह्मचारिणीको रूप धारण गरी शिवजी स्वामी पाउँ भनि कठोर तपस्या गर्नुभयो ।
माता पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरी पार्वतीसँग विवाह गर्नुभयो । श्री महादेव र पार्वतीको सन्तान स्वरुप कुमार कार्तिकेयको जन्म भयो र पछि कार्तिकेयले तारकाशुरलाई बध गरेको शास्त्रमा उल्लेख गरिएको छ ।
यिनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ति हुन्छ । अतः : मनलाई एकाग्र एवं पवित्र राखी ॐ देवी स्कन्दमातायै नमःमन्त्रको उच्चारण गरी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दा पनि कठिनाइ आउँदैन भनी शास्त्रमा लेखिएको छ । स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्था मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य मान्यतासँग निरन्तर सङ्घर्ष गर्न आत्मबल प्राप्त हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।
पूजा सामाग्री :
देवीको प्रतिमा वा चित्र, आसन(रातो वा सेतो कपडा),फूल(सेतो वा कमल फूल), कलश(तामा, पितल वा माटोको), नरिवल, पञ्चपल्लव (बर, पिपल, शमी, आँप, डुम्री), शुद्ध जल वा गङ्गा जल, अक्षता, दुवो, पान, सुपारी, फलफूल, नैवेद्य(दुग्धजन्य पदार्थ),धूप, बत्ती, चन्दन, अबिर,पञ्चामृत (दूध, दही, घिउ,मह, सख्खर), घण्टी, आरतीको लागि थाल आदी सामाग्री तयार पार्नुपर्दछ ।
स्कन्दमाताको पूजा गर्ने मन्त्र :
सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।
स्कन्दमाता स्तुति :
चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ।।
याः श्री स्वयं सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ।।
श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ।।
सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्।।
स्कन्दमाता ध्यानः
वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्।।
धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम।।
पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्।।
प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्।।
स्कन्दमाता स्तोत्र :
नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
समग्रतत्त्वसागरामपारपारगह्वराम्।।
शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
ललाटरत्नभास्करां जगत्प्रदीप्तभास्कराम्।।
महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्।।
मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्।।
शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्।।
सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ।।
प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ।।
अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ।।
जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ।।
पूजन विधि:
आजको दिन शुद्ध भएर हरियो रङ्गको कपडा लगाएर उत्तरतिर मुख फर्काएर बस्नुपर्दछ । त्यसपछि स्कन्दमाताको प्रतिमा राख्नुपर्दछ । कलश पूजा पछि स्कन्दमाताको सौभाग्यसुत्र, चन्दन, बेसार, सिन्दुर, दुबो, बेलपत्र, आभुषण, पुष्पहार, सुगन्धित द्रव्य, धूप–दीप, नैवेद्य, फल, पान, दक्षिणा, पञ्चामृत चढाउने । प्रदक्षिणा मन्त्र र वन्दना श्लोक पढ्ने । वन्दना श्लोक पछि मातालाई केराको प्रसाद चढाउने र माता स्तोत्र पाठ गर्ने, पूजा सकिएपछि आरती गरी प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्नु पर्दछ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया