Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०८२ असोज १६ गते बिहिबार

आज नेपालीहरुको महान चाड बडादशैं आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।
दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर राज्य सञ्चालकका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ ।
दशैंको बिहानदेखि दिनभर र अपराह्नसम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि सर्वसाधारणलाई दशैंका दिन टीका थाप्न साइत कुरी राख्नु पर्दैन,’ शुभ पञ्चाङ्गका पञ्चाङ्गकर्ता अठला ज्योतिष दामोदर जोशीले बताउनुभयो। ‘तर राजकाज चलाउनेहरुले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुने शास्त्रीय मान्यता छ ।’
दशैंको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ । ‘यस वर्षको दशैंको टीकाको दिन देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा तोकिए पनि काम विशेषले घरबाट चाँडै निस्किनुपरेमा झुल्के घाममै दुर्गा विसर्जन गरी टीका लगाउन सकिन्छ,’ ज्योतिस जोशीले भने ।
उहाका अनुसार टीका लगाउनुअघि देवी विसर्जन भने अनिवार्य गर्नुपर्दछ । दशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा विसर्जन गरिन्छ । दुर्गा विसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न ठाउँमा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>