Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १७ गते शुक्रबार

योजना कटौती गरेर २ अर्ब जोगाउँदै सुप सरकार

जेनजी पुस्ताको आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि सरकारले खर्च कटौती गर्ने निर्णय गरेको हो। प्राथमिकता विहीन खर्च कटौती गर्ने निर्णयले दुई अर्ब रुपियाँ बचत भएको प्रदेश सरकारले बताएको छ।
बचत रकमले क्षति भएका मन्त्रालय र कार्यालयका पुनर्निर्माणमा सहयोग पुग्ने जनाइएको छ। भदौ २४ गते प्रदर्शनकारीले प्रदेश सभा, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेर क्षति पु¥याएका थिए।
खर्च कटौतीका लागि प्रदेश सरकारले मातहतका निकायबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजना पनि कार्यान्वयन नगर्ने नीति लिएको छ। यसैगरी, छपाइ तथा प्रकाशनतर्फ ७० र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन, तालिम, गोष्ठी, सेमिनार लगायतमा ५० प्रतिशत कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको छ।

अनुभव आदान–प्रदान, अन्तर प्रदेश भ्रमण, दिवस तथा उत्सव मनाउने जस्ता कार्यक्रम पनि नगर्ने सरकारले निर्णय गरेको छ। यी विभिन्न निर्णयले धेरै रकम बचतमा सहयोग पुगेको बताइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>