कञ्चनपुरबाट चल्ने लामो दुरीको सार्वजनिक यातायात सेवा बन्द गरिएको छ । शुक्रबारदेखिको अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले सडक अवरुद्ध भएको र सरकारले लामो दुरीको यात्रामा रोक लगाएकाले कञ्चनपुरस्थित महाकाली यातायात प्रालि, पवनदूत यातायात प्रालि,नमस्ते शुक्लाफाँटा यातायात प्रालिले लामो दुरीको यातायात सेवा बन्द गरेका हुन् ।
महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले महेन्द्रनगरदेखि काठमाडौं, पोखरालगायत पूर्वी नेपालका लागि छुट्ने यातायात सेवा बन्द गरिएको बताए । पन्तले मौसम सफा भइसकेपछि र बाटोहरु पूर्ववत् अवस्थामा सूचारु भएपछि यातायात सेवा सञ्चालन गरिने बताए । यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि केन्द्रको निर्देशनअनुसार लामो दुरीको यातायात सेवा बन्द गर्न यातायात व्यवसायीलाई आग्रह गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सर्कुलरअनुसार लामो दुरीको यातायात सेवा बन्द गरी सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।
मौसम पूर्वानुमान महाशाखाले १८ देखि २० गतेसम्म भारी वर्षा हुने भएकाले यात्रा नगर्न अपिल गरेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएका बेला सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । वर्षाले यातायात अवरुद्ध हुँदा ठूलो चाँड दशैं मनाउन आएका यात्रुहरु आफ्नो कार्यथलोमा फर्किन पाएका छैनन् । कतिपय यात्रा गर्न ठिक्क परेको अवस्थामा अलपत्र परेका छन् । उनीहरुलाई यातायात व्यवसायीले पछि वैकल्पिक व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया