Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज १९ गते आइतबार

दार्चुलामा क्रिकेट हेरेर फर्किँदै गरेका सवार जीव दुर्घटना हुँदा एकजनाको मृत्यु नौ घाइते

दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने नौँ जना घाइते भएका छन् । घाइते नौँ जनामध्ये बढी चोट लागेका तीन जनालाई दार्चुलाबाट रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले बताउनुभयो ।
आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जिप दुर्घटना भएको हो ।
जिपमा जम्मा १२ जना सवार रहेकोमा दुर्घटनामा परी स्थानीय नरेशबहादुर पालको मृत्यु भएको हो । दुर्घटनास्थलबाटै बेहोस अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो । घाइतेको विवरण आउन बाँकी रहेको छ । जिपमा सवार मध्ये २ जना सकुसल रहेका छन् ।
घाइते सबैलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल खलंगा दार्चुला पुर्याइएकोमा तीन जनालाई रेफर गरिएको र अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको स्वास्थ्यकर्मी दिपक बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>