Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २१ गते मङ्गलबार

निष्पक्षतामा प्रश्न उठाउँदै जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको राजीनामाका लागि दबाब पत्र दर्ता गराएको छ । मंगलबार जेनजी समूहका प्रतिनिधिले टंगालस्थित कार्यालयमा पुगेर ज्ञापनपत्र दर्ता गराएका हुन् ।
प्रेम राईको राजीनामा माग गर्दै कार्यालयमा ज्ञापनपत्र दर्ता गराइएको जेनजी समूहका नेता रिजन राना मगरले जानकारी दिए । राईको राजीनामा मागिएको पत्र प्रधानमन्त्री कार्यालय र कानून मन्त्रालयमा पनि पठाइएको उनले बताए ।
जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य भएकाले विवादित पृष्ठभूमिका व्यक्ति अख्तियारको प्रमुख रहिरहन नमिल्ने भएकोले राजीनामा माग गरिएको उनले बताए ।
‘प्रश्न उठेका र निष्पक्ष नभएका व्यक्ति भएकोले राजीनामा माग गरिएको हो, राजीनामा दिनुहुन्छ भन्ने विश्वास गरेका छौं,’ जेनजीका अर्का युवा अमित खनालले भने ।
राईले राजीनामा नगरे आफूहरूले दबाबमूलक कार्यक्रम गर्ने खनालले बताए ।
ज्ञापनपत्र दर्ता गर्न पुगेकी जेनजी समूहकी नेतृ वनिकाले देशले क्षति भोगको अवस्थामा नैतिकताका आधारमा राईले राजीनामा दिने विश्वास गरिन् । ‘अख्तियार प्रमुखको राजीनामा आएन भने त्यसपछि थप योजना बनाउँछौं,’ उनले भनिन् ।
प्रेम राईको राजीनामा माग गरिएको पत्र असोज २१ गते १६४०२ नम्बरमा दर्ता भएको जेनजी नेता रानाले जानकारी दिए । 
जेनजी समूहले राईमाथि राजीनामा गर्न इमेलमार्फत दबाब दिएका छन् । जेनजी समूहले अख्तियार प्रमुख राई नक्कली भुटानी शरणार्थी तथा वाइडवडी खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाएको छ ।
‘चयनमुखी अनुसन्धान’ गरेको भन्दै राईमाथि अनुसन्धान गर्नुपर्ने विशेष अदालतको आदेशलाई समेत आधार बनाएर जेनजी समूहले राजीनामा गर्न राईलाई दबाब दिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा अध्यादेशमार्फत गरिएको नियुक्ति संविधान सम्मत नभएको जेनजीको दबाब पत्रका उल्लेख छ ।
जेनजी समूहले राजीनामाको दबाब बढाएपछि अख्तियार बाहिर विशेष सुरक्षा अपनाइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>