अरुण प्रसाद भट्ट
शुक्लाफाँटा क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। गयराती हावाहुरीसँगै जंगली हात्तीले अर्जुनी जङ्गल क्षेत्रमा रहेका विद्युतका पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ।
शुक्लाफाँटा नगरपालिका र कलुवापुर सबस्टेसनबाट वितरण भइरहेको विद्युत सेवा गयराती ८ बजेबाट अवरुद्ध रहेको छ। नेपाल विद्युत प्राधिकरण झलारी शाखाका प्रमुख रामेश्वर भट्टका अनुसार विद्युत पोलहरू नयाँ गाड्ने तथा तार तान्ने काम भइरहेको र केही समयपछि विद्युत सेवा सुचारु हुने जानकारी गराउनुभयो।
विद्युत सेवा अवरुद्ध हुँदा विद्युतबाट सञ्चालन हुने विभिन्न सेवाहरू प्रभावित हुनुका साथै सरकारी तथा निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया