Samriddhipost
२०८२ असोज २३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २३ गते बिहिबार

प्रहरी चौकीमा ढुंगामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । 
वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुंगामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार गत शुक्रबार साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७, सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका–५ बस्ने अनिलराय यादव लगायतले कुटपिट गरेका थिए । 
उक्त घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि कारिल यादव पक्षका वडाध्यक्ष दाससहितका केही व्यक्तिले प्रहरी चौकीमाथि ढुंगामुडा तथा बाँसको फराठा प्रहार गरेका हुन् । घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 
ढुंगाले लागेर उनको अगाडिको दुई वटा दाँत भाँच्चिनुका साथै चौकीमा कार्यरत अन्य पाँच प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासलाई कुटपिट अङ्भंग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको उपरीक्षक राईले बताए ।
सोही मुद्दामा सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष दासलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ । यता वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले आज दिउँसोदेखि गोडैता बजार बन्द गराएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>