Samriddhipost
२०८२ असोज २७ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २७ गते सोमबार

हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेललाई बुझाउने बताएको छ।

यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ।

सोमवार अबेर जोशी सहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।

इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरेली सेनाले सोमवार हस्तान्तरण गर्न लागिएका चार शवमध्ये जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।
"इजरेलस्थित नेपाली अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहूदालाई फोन गरेर चार जनामध्ये विपिनको पनि शव आउन सक्ने खबर गरेको रहेछ," उनले भने।
राजदूत पण्डितले इजरेली सरकारले परिवारलाई औपचारिक जानकारी दिएपछि मात्रै उनको मृत्यु भए नभएको आधिकारिक पुष्टि हुने बताए। परिवारलाई इजरेल नै बोलाएर शव हस्तान्तरण गरिने भएका कारण हमासले बुझाएका विदेशी नागरिकको शव बुझ्न केही दिने लाग्ने बताइएको छ।

दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी "जीवित रहेको प्रमाण फेला नपरेको" औपचारिक जानकारी यसअघि इजरेली सेनाले परिवार र इजरेलस्थित नेपाली दूतावासलाई गराएको थियो।

हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरेली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन।

हमासले पहिलो चरणमा सात बन्धकलाई उत्तरी गाजाबाट र दोस्रो चरणमा १३ जनालाई दक्षिणी गाजाबाट मुक्त गरेको थियो। इजरेली सेनाले उनीहरू इजरेल पुगिसकेको जनाएको छ। ज्यान गुमाइसकेका बन्धकहरूको शव भने हस्तान्तरण हुन बाँकी नै छ।

दुई पक्षबीच भएको सहमतिअनुसार इजरेलको हिरासतमा रहेका १,७०० जना कैदी र २५० बन्धक मुक्त हुन लागेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>