Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०२ गते आइतबार

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुपप्र  ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिकाकाे धोबेनी खोलामा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

बर्दगोरिया गाउँपालिका- ४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र बहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ।

 

घाइते भएका ९ जनालाई स्थानीयवासी र प्रहरीले उद्धार गरी लम्कीस्थित लाल रत्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टरमा मलामी लिएर चिसापानीतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>