मष्टा गाउँपालिकामा सडक सफा गर्ने क्रममा ढुंगा खस्दा एक महिलाको मृत्यु भएको छ। आज वेलुका करिब ४ बजेर ५० मिनेट जाँदा मष्टा गाउँपालिका–६ कालाखालीको पारिपट्टी डुंग्रीबाट जिन्नाडा गाउँ जोड्ने शाखा सडक खण्डमा सुप–प्र ०१–००क १५३० नम्बरको जेसिबीले सडक सफा गरिरहेको समयमा माथिबाट खसेको ढुंगाले बाटोमा हिँडिरहेकी महिलालाई लागेको हो।
ढुंगाले लागेर जिन्नाडाकी करिब २२ वर्षीया निकिता थापा घाइते भएको र उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएकोमा करिब ५ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि जेसीबी र जेसिबी चालक बित्थडचिर गाउँपालिका–५ का २४ वर्षीया लक्ष्मण बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी खगेन्द्र धमलाले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया