बर्दियामा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका ६ बस्ने ४१ वर्षीय मणिराम थारु रहेका छन् ।
प्रहरीका अनुसार थारूले २०७८ वैशाखमा ती बालिका एक्लै घरमा बसेका बेला डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणीपछि किशोरी गर्भवती भएको र उक्त कुरा बाहिर ल्याए मारेर फालिदिने धम्की थारूले दिएका थिए । किशोरीले माघ १६ गते बच्चा (छोरी) जन्माएकी थिइन् ।
किशोरीले बच्चा जन्माएलगत्तै प्रहरीलाई सूचना पुगेपछि थारु पक्राउ परेका हुन् । उनीमाथि जबरजस्ती करणिसम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया