Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०२ गते आइतबार

शुक्लफाटामा युवाहरू संगठित, युथ हप शुक्लफाटा गठन

शुक्लाफाँटाका युवाहरू सामाजिक परिवर्तन र पुनर्निर्माणको अभियानमा सक्रिय भएका छन्। युवाहरूले शनिबार शुक्लाफाँटा नगरपालिका–१० स्थित खुला मञ्चमा आयोजित युवाहरूको भेलाबाट ‘युथ अफ शुक्लाफाँटा’ गठन गरी १२ सदस्यीय कोर टिम चयन गरेका छन्।

 

नवगठित कोर टिममा विवेक रावल, हरिश अवस्थी, लक्ष्मी रावल ऐर, साजन गौतम, किरण ओझा, ईश्वरसिंह ठगुन्ना, हर्क बोहरा, सुदीप पौडेल, गणेश भट्ट, मनिषा पाण्डेय, दिनेश विष्ट र शेखरनाथ योगी रहेका छन्। कोर टिमबाटै पूर्ण कार्य समिति गठन गरिने तयारी गरिएको छ।

 

संगठनका अनुसार ‘युथ अफ शुक्लाफाँटा’ले सामाजिक सचेतना, सेवा र सहकार्य, स्थानीय पूर्वाधार विकासमा सहयोग, सुशासन र पारदर्शिताको प्रवर्द्धन, साथै युवाहरूको नेतृत्व र क्षमता विकास, कला, संस्कृति तथा पर्यटनको संरक्षण र प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ।

 

हालैको जेन्जी आन्दोलनपछि युवाहरूको भूमिकाबारे नयाँ सोच र जिम्मेवारीबोध बढेको स्थानीय युवाहरू बताउँछन्। उक्त आन्दोलनका क्रममा शुक्लाफाँटा नगरपालिकाको मुख्य कार्यालयदेखि सबै वडा कार्यालयहरू क्षतिग्रस्त भएका थिए, भने देशव्यापी आन्दोलनले नयाँ सरकार गठनसम्मको राजनीतिक परिवर्तन ल्याएको थियो।

 

आन्दोलनपछि पुनर्निर्माण र सकारात्मक सामाजिक योगदानमा जुटेका युवाहरूको यो पहल शुक्लाफाँटा नगरपालिकामा युवाशक्ति एकताबद्ध हुँदै विकास र सुशासनतर्फ अघि बढ्ने संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>