Samriddhipost
२०८२ कार्तिक ०३ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०३ गते सोमबार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारले निर्धारण  गरेकोभन्दा कम मूल्यमा धान खरिद-बिक्री नगर्न आग्रह गरेको छ। कञ्चनपुर प्रशासनले चालू आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले तोकेको धानको सर्मथन मूल्यभन्दा कममा धान खरिद र बिक्री नगर्न/नगराउन भनेको हो।
गत २६ साउनमा मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य निर्धारण गरेको थियो। जसअनुरूप मोटा धान प्रतिक्विन्टल ३ हजार ४ सय ६३ र मध्यम धानको ३ हजार ६ सय २८ निर्धारण गरेको छ। तर, कञ्चनपुरमा किसानले सरकारले तोकेभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएको गुनासो बढेपछि स्थानीय प्रशासनले चासो देखाएको हो।

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सरकारले धानको मूल्य २ महिनाअघि नै निर्धारण गरेकाले सोभन्दा कम मूल्यमा खरिद नगर्न व्यवसायीहरूलाई सचेत गराएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगरेपछि कञ्चनपुरका किसान दीपावली खर्च जुटाउन सस्तोमै धान बिक्री गर्न बाध्य छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>