गाजा युद्धमा हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका विपिन जोशीको मङ्गलवार बिहान कञ्चनपुर जिल्लामा महाकाली नदीको किनारमा अन्येष्टि भएको छ।
बुवा बुवा महानन्द जोशी र ठूलो बुवाका छोरा किशोर जोशीले विपिनको पार्थिव अवशेषलाई दागबत्ती दिए । त्यसअघि सशस्त्र प्रहरीको एउटा टुकडीले विपिनप्रति सलामी अर्पण गरेको थियो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीप्रति सम्मान व्यक्त गरेका थिए। त्यसअघि नेपालस्थित इजरेली राजदूतले इजरेली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाएका थिए। दूतावासका एक प्रतिनिधिले इजरेलको राष्ट्रिय झण्डा विपिनको शवमा ओढाउँदै उनको सम्झनाका लागि भन्दै महाकाली नदीको एउटा ढुङ्गा बोकेर लगेका छन्।
शवयात्रामा हजारौँ मानिस उपस्थित थिए। उनीहरूले विपिनको साहसको प्रशंसा गर्दै उनी मारिएकोमा आफूहरू मर्माहत रहेको बताए।
अन्तिम संस्कारसँगै जोशी परिवारले विपिनको डायरी, गितार र कपडासहितका सामग्री महाकाली नदीमा 'विसर्जन' गरिदिएको थियो।
सन् २०२३ मा हमासले इजरेलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यस बेला बन्धक बनाइएका विपिन हमासले नियन्त्रणमा राखेको अवस्थामा मारिएको दाबी गत साता इजरेलले गरेको थियो।
बन्धक भएपछि दुइटा भिडिओमा विपिन देखा परेपछि अन्तिम क्षणसम्म पनि उनको परिवार विपिन जीवितै घर फर्किनेमा आशावादी थिए। उनी 'लर्न एन्ड अर्न कार्यक्रम'अन्तर्गत इजरेल पुगेका थिए। इजरेलमा उनी कार्यरत कृषि फार्ममा आक्रमण हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने उनलाई लडाकुहरूले बन्धक बनाएर गाजातिर लगेका थिए।
किशोर जोशीले भने, "सरकारबाट सबैतिरबाट ढिलाइ भएको भन्ने लाग्छ। घटनाले पनि त्यही देखाउँछ। म के भनौँ? धेरै बोल्न सक्ने अवस्थामा छैन।"
नेपाल सरकारले विपिनको रिहाइको लागि आफूले कूटनीतिक माध्यमबाट यथासम्भव प्रयास गरेको बताउँदै आएको छ।
उनले भने, "सरकारले केही गरेन पनि भन्न सक्ने अवस्था छैन। तर घटना विवरणले केही ढिलाइ भएको भन्ने लाग्छ। यति लामो पर्ख्यौँ, समयमा नै थाहा भएको भए हुन्थ्यो।"
अन्तिम संस्कारका बेला 'विपिन, हामीलाई माफ गर' भन्ने प्लाकार्ड बोकेका केही युवा पनि सहभागी थिए।
अन्तिम संस्कारसँगै जोशी परिवारले विपिनको डायरी, गितार र कपडासहितका सामग्री महाकाली नदीमा 'विसर्जन' गरिदिएको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया