Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०४ गते मङ्गलबार

विपिनको शव कस्तो अवस्थामा थियो

दाहसंस्कारका लागि चितामा शव राख्दा विपिनको सग्लो शरीर नभई अस्थिपञ्जर मात्र आएको शवयात्रामा सहभागी अरू मानिसहरूले थाहा पाएका थिए।
गाजामा सङ्घर्षविराम भएपछि हमास र इजरेली पक्षबीच बन्धक र कैदीबन्दी साटफेर गर्ने क्रममा गत साता विपिन जोशीको शव इजरेल फिर्ता भएको थियो। इजरेली सेनाले जोशीको हत्या "बन्धक अवस्थामा युद्ध सुरु भएको प्रारम्भिक महिनातिरै भएको" दाबी गरेको थियो। तर उक्त दाबीको स्वतन्त्रतापूर्वक पुष्टि भइसकेको छैन।
इजरेली राष्ट्रपति आइजक हर्ट्सोगको सन्देशमा पनि हमासले बन्धक बनाएकै समयमा विपिनको हत्या भएको उल्लेख छ।
इजरेली राष्ट्रपतिले विपिनलाई एक बहादुर नेपाली भन्दै शोकसन्तप्त परिवारप्रति "मनैबाट श्रद्धाञ्जलि अपर्ण" गरेका छन्। विपिनको चितानजिकै पढेर सुनाइएको उक्त सन्देशमा सोझै विपिनका बुवा, आमा र बहिनीलाई सम्बोधन गरिएको थियो। उक्त सन्देशमा ७ अक्टोबर २०२३ मा गरिएको हमलामा "विपिनले अदम्य सहास प्रदर्शन गरेर साथीहरूको ज्यान जोगाएको" भन्दै उनको नामले दुई देशलाई सदैव जोडिरहने उल्लेख गरिएको छ।
नेपाली अधिकारीहरूले विपिन मारिनुको कारण र परिस्थितिबारे सरोकारवाला पक्षहरूसँग छलफल गर्ने र सत्यतथ्य बाहिर ल्याउने भनेको भए पनि काठमाण्डू ल्याइएपछि उनको शवको अवशेषको थप जाँच भने गरिएन।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>