अमेरिकाबाट दशैं-तिहार मान्न आएका छोरा बुहारीलाई बाबुले खुकुरी प्रहार गरेका छन् ।
कागेश्वरी मनहरा नगरपालिका- ५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो घटना भएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।
आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया