Samriddhipost
२०८२ कार्तिक ०६ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०६ गते बिहिबार

न्यायका देवता लटिनाथ को आज जात्रा

तल बगाउँदा माथि गई बस्ने, बुवाभन्दा पुत्रले पहिले पूजा पाउने शिवपुत्र गणेशको पूजा गरेर अरु पूजा प्रारम्भ भएजस्तो ।
“आगा हुल तोई दिउलो पाछा हुल मेरीदुत्या हुल तोई दिउलो चतुर्दशी मेरी”उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो)का हुन् ! ठाउँ अनुसार लटिनाथलाई लटबाब,लट्या,लाटो आदि नामले पुकारिन्छ ।
लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ । पिता मालिकाअर्जुन हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मालिकाअर्जुन र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट (मार्मा गाउँपालिकास्थित लटिनाथ ) लटिनाथको प्रस्थान युद्धस्थलबाट हुन्छ । शिखरधुरामा मालिकार्जुन र भागाश्रीको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा (झोडो) मा सुन्न पाईन्छ l
 मालिकार्जुन पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मालिकार्जुन र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ । कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पितालाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ । एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्किएको देख्दा मालिकार्जुन लाई औधी खुसी लाग्छ ।

 खुसीकै माहोलमा मालिकार्जुनले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मालिकार्जुनको जात्रा लाग्ने गर्दछ । लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । मुलथान तलाईमाडौं पछि लेकम गाउँपालिकाको जयपुर र मैखोली खर्क मालिकार्जुन गाउँपालिकाको चौड र शैल्यशिखर नगरपालिका ७ स्थित बन्तोली लाई  विशेष महत्त्व दिने गरिन्छ ।
 लटिनाथका खर्क, बन्तोली र चौड  मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रामा देवीदेवताको दर्शन गर्ने, आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने समेत गरिन्छ । पुर्खाहरुले आफ्नो सिप र क्षमता अनुसार अध्ययन र अनुभवका आधारमा यी रात्रीकालिन जात्राहरु सुरु गरेको देखिन्छ|

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>