कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ की ४५ वर्षीय फूलबासनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको हो।
भजनी नगरपालिका–४ खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो। फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ।
नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका–२ २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया