बैतडीमा एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान जिल्लाको पाटन नगरपालिका–६ का अन्दाजी ५८ बर्षीय प्रेमसिंह बिष्टको शव फेला परेको हो । बिहिबार घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार बिहीबार रातीसम्म पनि घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए । सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाजमा करीब एक सय मिटर तल बिष्टको शव फेला परेको डिएसपी रायले बताए ।
बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको उनको भनाई छ । उनका अनुसार बिष्टको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानले देखाएको छ । यद्यपी पोष्टमार्टम भईसकेर शव आफन्तलाई बुझाईसकिएको उनले बताए । उनले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया