Samriddhipost
२०८२ कार्तिक ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ कार्तिक ०८ गते शनिबार

भगवान सूर्यको आराधना गरी ४ दिनसम्म मनाइने छठ पर्व शनिबारदेखि विधिवत् रूपमा सुरु भएको छ।
छठ पूजाको आज पहिलो दिन  ‘नहाय–खाय’ मनाइँदै छ। आजको दिन व्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरुवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।
पारिवारिक सुख, समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन आइतबार खरना रहेको छ। आइतबार साँझ व्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसाद स्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ।
तेस्रो दिन सोमबार छठको मुख्य दिनलाई सौझकारकका रूपमा मनाइन्छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने चलन छ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। अन्तिम दिनलाई  ‘पारन’ भनिन्छ। छठ पर्वमा भगवान् सूर्य र छठी मातालाई बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ।

व्रतालुहरूले छठमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हर्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्य भगवान्लाई चढाउने गर्छन्।
अर्घ दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ।
मुख्य गरी तराई र मधेसका जिल्लाहरू मा पूजा सामग्री किनमेलको चहलपहल छ भने कञ्चनपुरको महाकाली मूल नहर ऐठपुर र मोहना नदी किनारलाई आकर्षक रूपमा सजाइँदै छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>